कुलमान प्रकरणमा कुरो नमिल्दा बस्न सकेन प्रतिनिधिसभा बैठक, सारियो समय « Khabarhub

कुलमान प्रकरणमा कुरो नमिल्दा बस्न सकेन प्रतिनिधिसभा बैठक, सारियो समय


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबार स्थगित भएको थियो । तर प्रमुख प्रतिपक्षीसहितका दलले अवरोध गरेपछि स्थगित भएको बैठक अझै सुरू हुन नसकेको हो ।

बैठक नियमित प्रक्रियाअनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्ने समय नै परिवर्तन भएको छ । प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरेर बैठकको समय परिवर्तन गरेका हुन् ।

उनले बिहीबार बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक दिउँसो २ बजेका लागि सारिएको सूचनामार्फत् जानकारी दिएका छन् ।

यसअघि संसद् सुचारुको प्रयासस्वरुप सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग संसद् भवनमा छलफल गरेका थिए ।

तर कुलमानलाई हटाइएको प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागिरहेका विपक्षीले अडान नछाड्दा हल निस्किन सकेको छैन । संसद्मा यसबारे ऊर्जामन्त्री दीपक खड्काले जवाफ दिने भनिए पनि विपक्षीले प्रधानमन्त्री खोजेका छन् ।

प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने माग गरिरँहदा ओलीले झन् भड्किलो अभिव्यक्ति दिएका थिए ।

उनले एकजना कर्मचारी हटाउने सरकारको निर्णयमा संसद्‍मा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । आफूले घिसिङ हटाउने विषयमा संसद्‍मा जवाफ नदिने बुधबार नैबताइसकेका छन् । तर, प्रतिपक्षले प्रधानमन्त्री ओलीले संसद्‍मा उभिएर उचित जवाफ दिनुपर्ने गरिरहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : ११ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।