चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको इच्छा | Khabarhub Khabarhub

चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको इच्छा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक संकटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान गरेका छन् । 

युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबीचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ ।

ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भने, ‘जताततै संकटको गति तीव्ररूपमा बढिरहेको छ। यतिबेला चीन र फ्रान्सबीचको सहकार्य सशक्त हुनु जरूरी छ।’  

कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबीच ‘मतभेद’ रहेको स्वीकार गर्दै उनले भने, ‘हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ।’

‘राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रुत गतिमा नयाँ युरोप उदय भइरहेको छ। यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,’ उनले भने। 

‘यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ,’ ब्यारोटले भने । 

उनले भने, ‘आफ्नो हित र मूल्यमान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ ।’

भेटमा चिनियाँ कूटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिएका थिए । 

उनले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गरे । 

ब्यारोटले चीनमा रहेका फ्रान्सेली विदार्थीहरूसँगको भेटमा भने, ‘वर्तमान सन्दर्भमा भूराजनीतिक स्थिरता, समृद्धि र हाम्रो ग्रहको भविष्यको सेवामा शक्तिशाली फ्रेन्को–चिनियाँ साझेदारीको पहिलेभन्दा बढी आवश्यकता छ,’ उनले विद्यार्थीहरूलाई भने ।
 
चीनले यस साताको ब्यारोटको भ्रमणले ‘अशान्ति र रूपान्तरणको सामना गरिरहेको विश्वमा दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेको छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गर्दै दुवै पक्षले ‘एकपक्षीयता र जंगलको कानुनको पुनरुत्थान’ को संयुक्त रूपमा प्रतिरोध गर्ने उपायबारे छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : २१ बजे

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

सेभिया– संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता निधि

महेन्द्रनगर– प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास