शेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से

५ अर्ब बढीको कारोबार 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा दोस्रो दिन पनि उत्साह देखिएको छ । बुधबार ३९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)  बिहीबार पनि बढेको छ । आज बजारमा उछाल आउँदै नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा पुगेको हो । 

आज नेप्से १.५८ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 
आज दिनभरमा ३०९ वटा कम्पनीको शेयर ५५ हजार ४४२ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५.०५ प्रतिशतले बढेर ४ हजार २६२.२८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुलअ फण्ड समूह ०.४१ प्रतिशतले बढेर १९.१६ प्रतिशतमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.९९ प्रतिशतले, विकास बैंक १.१८ प्रतिशतले, फाइनान्स १.४५ प्रतिशतले, होटल तथा पर्यटन ०.६५ प्रतिशतले, हाइड्रोपावर १.२१ प्रतिशतले, लगानी २.१६ प्रतिशतले, जीवन बीमा १.७९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त २.२८ प्रतिशतले, निर्जीवन बीमा ०.९५ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : १० बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर