शेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से

५ अर्ब बढीको कारोबार 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा दोस्रो दिन पनि उत्साह देखिएको छ । बुधबार ३९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)  बिहीबार पनि बढेको छ । आज बजारमा उछाल आउँदै नेप्से ४१.६७ अंकले बढेर २६६३.५४ विन्दुमा पुगेको हो । 

आज नेप्से १.५८ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर कारोबार भएको छ । 

यस्तै २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 
आज दिनभरमा ३०९ वटा कम्पनीको शेयर ५५ हजार ४४२ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५.०५ प्रतिशतले बढेर ४ हजार २६२.२८ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुलअ फण्ड समूह ०.४१ प्रतिशतले बढेर १९.१६ प्रतिशतमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.९९ प्रतिशतले, विकास बैंक १.१८ प्रतिशतले, फाइनान्स १.४५ प्रतिशतले, होटल तथा पर्यटन ०.६५ प्रतिशतले, हाइड्रोपावर १.२१ प्रतिशतले, लगानी २.१६ प्रतिशतले, जीवन बीमा १.७९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त २.२८ प्रतिशतले, निर्जीवन बीमा ०.९५ प्रतिशतले र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : १० बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र