‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि आघात पुर्‍याउने गतिविधि स्वीकार्य छैन’ « Khabarhub

‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि आघात पुर्‍याउने गतिविधि स्वीकार्य छैन’


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ । 

नेवाः समुदायले बिहीबार विज्ञप्तिमार्फत राजावादी आन्दोलनप्रति लक्षित गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको हो । 

‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ ।  यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापि स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख छ ।   
 
नेवाः समुदायले जात्रा पर्वको महत्व र मौलिकता बचाउन आफूहरू प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ ।

 ‘आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवाञ्छित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छौँ,’ विज्ञिप्तमा भनिएको छ ।  

नेवाः समुदायले एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको भन्दै राजतन्त्रात्मक शासन व्यवस्थाले मुलुकको उक्त विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा दमन गरेको यथार्थ पनि स्मरण गराएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ३५ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई