संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बनेपा– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् । 

बनेपा नगरपालिकाकाे ४४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको अहिले विकल्प नभएको बताए । 

`संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमीकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प छैन,´ उपप्रधानमन्त्री सिंहले भने । 

उनले जस्तो चुनौती आए पनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै कसैले केही भन्दैमा डगमगाउने कुरा नभएको बताए ।

अहिलेको परिवर्तन उसै प्राप्त नभएको भन्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि सुरक्षित गर्न संवेदनशील हुनु नै सबैको हितमा हुने बताए । 

उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र  जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताए ।

उनले अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको बताए ।  

‘भएको कुरालाई भएको भन्ने बानी गरौँ । नभएको, गर्न बाँकी काम पूरा गर्नतिर लागौँ, ‘उनले भने,’विकास निर्माणको काम राम्रो भएर मात्र हुँदैन, जनप्रतिनिधिले बुझ्ने तर जनताले नबुझ्दा पनि समस्या देखिएको छ । विकास निर्माणको काममा शुरूदेखिनै जनतालाई सहभागिता गराउनुपर्छ । जनता र जनप्रतिनिधि सँगै मिलेर काम गर्दा असम्भव ठानिएको कुरा पनि सम्भव छ ।’

कार्यक्रममा बाग्मती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तीर्थ लामा, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत वाग्लेलगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाका विकासमा आफूहरूले सकेको काम गर्ने बताएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : १४ बजे

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र