राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने « Khabarhub

राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाका लागि हुने आन्दोलन नछाड्ने भएको छ।

शुक्रबार राजधानीमा राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका विषयमा हुने प्रदर्शन र आन्दोलन छाडेको भनेर अफवाह फैलिएपछि प्रवक्ता मोहन श्रेष्ठले यस्तो भनेका हुन् ।

‘पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सन्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको छ’, श्रेष्ठले भने, ‘यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक छन् । राप्रपा उक्त कार्यको खण्डन गर्दछ । कोही भ्रममा नपर्न आग्रह गर्दछ ।’

राप्रपाले शुक्रबार तीनकुनेमा हुने प्रदर्शनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ दिन पार्टी पंक्ति जनसमुदायलाई पनि राप्रपा आग्रह गरेको छ।

राप्रपा समान विचार र उद्धेश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ५० बजे

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

काभ्रेपलाञ्चोक– बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ ।