प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छ कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छ कार्यसूची


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् । 

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल