इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु « Khabarhub

इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना घाइते भएको जनाइएको छ ।

दक्षिणी सहर बन्दर अब्बास नजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहिद राजाईमा शनिबार विस्फोट भएको हो । जसका कारण यसले नजिकैका भवनका झ्याल र छाना उडाएको छ भने नजिक राखिएका कारहरू ध्वस्त पारेको छ ।

स्थानिय बासिन्दाहरूले विस्फोटको प्रभाव ५० किलोमिटर अर्थात ३१ माइल टाढासम्म महसुस गरेको बताएका छन् । 

पूरै गोदाम धुवाँ, धूलो र खरानीले भरिएको थियो। मलाई याद छैन कि म टेबुलमुनि आफैँ गएको थिएँ वा विस्फोटले त्यहाँ फ्याँकिएको थिएँ,’ उक्त क्षेत्रमा रहेका एक व्यक्तिले सरकारी टिभीलाई भने।

एरियल फुटेजमा कम्तिमा तीनवटा क्षेत्रमा आगो लागेको देखिएको छ र इरानका आन्तरिक मन्त्रीले पछि आगो एक कन्टेनरबाट अर्कोमा फैलिएको पुष्टि गरेका छन् । यस क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबारका लागि बन्द गर्न आदेश दिइएको छ।

एउटा निजी सामुद्रिक जोखिम फर्मले प्रभावित कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलका लागि ठोस इन्धन रहेको विश्वास गरेको बताएको छ। यो आगो इरानी ब्यालिस्टिक मिसाइलहरूमा प्रयोगको लागि ठोस इन्धनको ढुवानीको अनुचित ह्यान्डलिङको परिणाम भएको जनाइएको छ। एम्ब्रेका अनुसार इरानको गत मार्चमा ध्वजावाहक जहाजले यस बन्दरगाहमा सोडियम पर्क्लोरेट रकेट इन्धनको ढुवानी गरेको थियो । फाइनान्सियल टाइम्स अखबारले पनि यसअघि दुईवटा जहाजले चीनबाट इरानमा इन्धन पठाएको रिपोर्ट गरेको थियो।

सायदै, सोही बिष्फोट भएको हुन सक्ने अनुमान अहिले गरिएका छन् । तर, यद्यपि पुष्टि भएका छैनन् ।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद