इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु « Khabarhub

इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना घाइते भएको जनाइएको छ ।

दक्षिणी सहर बन्दर अब्बास नजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहिद राजाईमा शनिबार विस्फोट भएको हो । जसका कारण यसले नजिकैका भवनका झ्याल र छाना उडाएको छ भने नजिक राखिएका कारहरू ध्वस्त पारेको छ ।

स्थानिय बासिन्दाहरूले विस्फोटको प्रभाव ५० किलोमिटर अर्थात ३१ माइल टाढासम्म महसुस गरेको बताएका छन् । 

पूरै गोदाम धुवाँ, धूलो र खरानीले भरिएको थियो। मलाई याद छैन कि म टेबुलमुनि आफैँ गएको थिएँ वा विस्फोटले त्यहाँ फ्याँकिएको थिएँ,’ उक्त क्षेत्रमा रहेका एक व्यक्तिले सरकारी टिभीलाई भने।

एरियल फुटेजमा कम्तिमा तीनवटा क्षेत्रमा आगो लागेको देखिएको छ र इरानका आन्तरिक मन्त्रीले पछि आगो एक कन्टेनरबाट अर्कोमा फैलिएको पुष्टि गरेका छन् । यस क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबारका लागि बन्द गर्न आदेश दिइएको छ।

एउटा निजी सामुद्रिक जोखिम फर्मले प्रभावित कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलका लागि ठोस इन्धन रहेको विश्वास गरेको बताएको छ। यो आगो इरानी ब्यालिस्टिक मिसाइलहरूमा प्रयोगको लागि ठोस इन्धनको ढुवानीको अनुचित ह्यान्डलिङको परिणाम भएको जनाइएको छ। एम्ब्रेका अनुसार इरानको गत मार्चमा ध्वजावाहक जहाजले यस बन्दरगाहमा सोडियम पर्क्लोरेट रकेट इन्धनको ढुवानी गरेको थियो । फाइनान्सियल टाइम्स अखबारले पनि यसअघि दुईवटा जहाजले चीनबाट इरानमा इन्धन पठाएको रिपोर्ट गरेको थियो।

सायदै, सोही बिष्फोट भएको हुन सक्ने अनुमान अहिले गरिएका छन् । तर, यद्यपि पुष्टि भएका छैनन् ।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको