मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी « Khabarhub

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै छिन्। उनीसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो । भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एकमहिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ ।

‘यहीँकै राम मावि (माध्यमिक विद्यालय)मा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ’, यादव भन्छिन्, ‘मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।’

माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्रेरित गरेको सहभागी किशोरी बताउँछन् । 

‘औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङका बारेमा सुनेकी थिएँ, तालिमबाट थप थाहा पाएँ’, मटिहानी–६ की १६ वर्षीया रञ्जु साहले भनिन्, ‘तालिमले धेरै कुरा सिकाउने विश्वास जागेको छ ।’ खुश्वु यादवको जस्तै साहको पनि सीप सिकेर व्यावसायिक रूपमै मिथिला पेन्टिङमा लाग्ने रहर पलाएको छ ।

मटिहानी नगरपालिकाका बजारक्षेत्र समेटेर वडा नं ६, ७ र ८ का विद्यालयमा अध्ययनरत १३ वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। 

‘मुख्य ध्येय आर्थिक उपार्जनमा महिला आफैँ सरिक हुने अवस्था बनाउने हो, यसका लागि बजार क्षेत्रका बासिन्दा किशोरीलाई सीप सिक्नासाथ व्यवसाय सञ्चालन गर्न सकून् भनेर सहभागी गराइएको हो,’ नगरप्रमुख मण्डलले भने, ‘यसले अरूलाई पनि उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।’

किशोरीलक्षित यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि भएको मण्डलले स्पष्ट पारे।

‘हामी योजनाबद्ध रुपमा बालविवाह पूरै नियन्त्रण गर्ने अभियानमा छौँ, यसका लागि पछिल्ला तीन वर्षयता छोरी शिक्षा, निरक्षर उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन्’, नगरप्रमुख मण्डलले भने, ‘पछिल्ला तीन वर्षयताका हाम्रो प्रयत्नले राम्रो सफलता पाएको छ ।’

तीन वर्षअघि ८०० बालविवाहका घटना भएको सम्झँदै नगरप्रमुख मण्डलले त्यसयता बालविवाहविरुद्धका घनिभूत कार्यक्रमका कारण यसमा  कमी आएको बताए। यसपालि जारी आर्थिक वर्ष २०८१-८२ को हालसम्मको अवधिमा नगरक्षेत्रमा कतैपनि बालविवाहका घटनाको जानकारी नरहेको उनको भनाइ छ ।

मटिहानी नगरपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गत आर्थिक वर्ष २०८०-८१ मा निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेको थियो । यसै अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने र किशोरवय पार गरेकाहरुलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइएको थियो । सो अभियानको सफलताले नै आफ्नो नगर साक्षर घोषणा भएको नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले सञ्चालन भएको एकमहिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरी पनि बालविवाहविरुद्धको अभियन्ता हुन् । तालिमका सहभागीहरु बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताउँछन् ।

 मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुरले भनिन्, ‘मिथिला पेन्टिङ आर्जनका लागि सम्भावनायुक्त सीप हुने विश्वास जागेको छ ।’
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : १४ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई