राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति संसद्‍मा कांग्रेसको आक्रोश « Khabarhub

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति संसद्‍मा कांग्रेसको आक्रोश


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति प्रमु सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभामा आक्रोश ब्यक्त गरेको छ।

अघिल्लो संसद् बैठकमा राप्रपा अध्यक्ष लिङदेनले कांग्रेस सह-महामन्त्रीका छोराले भाटभटेनीबाट गत चैत १५ गते रक्सी चोरेपछि प्रहरीले समातेर छाडेको भन्ने अभिव्यक्तिप्रति कांग्रेसले आज संसदमा जवाफ मागेको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् ? त्यो राप्रपा अध्यक्ष लिङ्देनले प्रमाणित गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपाली कांग्रेसका कुन चाहिँ सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ, होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको जनाए पनि नाम भने उल्लेख गरेका थिएनन् ।

तर, उनको उक्त अभिव्यक्तिपछि सह-महामन्त्री महेन्द्रकुमार यादवका छोराले रक्सी चोरेको भनेर समाचार आएको थियो ।

तर, यादवका दुवै छोरा डाक्टर रहेको तर्क उनको छ । उनीहरू अध्ययनमा ब्यस्त रहेको भन्दै छोराहरू आकाश र विकासले आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : २२ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर