आवासीय चिकित्सकको आन्दोलनलाई सरकारी मेडिकल कलेजहरूको साथ « Khabarhub

आवासीय चिकित्सकको आन्दोलनलाई सरकारी मेडिकल कलेजहरूको साथ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको आन्दोलनप्रति सरकारी मेडिकल कलेजहरूले ऐक्यबद्धता जनाएका छन् । 

पाँच सरकारी मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानहरूका आवासीय चिकित्सकहरूको एलाइन्सले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन सम्बन्धी चलिरहेको दवाव तथा आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका हुन् । 

गठबन्धनद्वारा जारी विज्ञप्तिमा, निजी क्षेत्रका आवासीय चिकित्सकहरू आफ्नो मागको कार्यान्वयनका लागि निरन्तर आन्दोलनरत गरिरहँदा समस्या समाधानतर्फ कुनै प्रभावकारी प्रगति नदेखेकाले पहिलेदेखि नै हाम्रो ऐक्यबद्धता रहँदै आएको छ र हामी विगत दुई दिनदेखि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवामा सहभागी भएका छैनौँ ।

यसक्रममा बिरामीहरूमा पर्न गएको समस्याको हामीलाई पूर्ण बोध छ र थप आन्दोलनले सिर्जना गरेको असुविधाप्रति दुःख व्यक्त गर्दछौँ, भनिएको छ। आजसम्म पनि सरोकारवालाबाट उपलब्धिमूलक केही नभएको अवस्थामा एलाइन्सले भोलि सम्पूर्ण आवासीय चिकित्सकहरूले इमर्जेन्सी सेवा बाहेक अन्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ।

साथै, विज्ञप्तिमा वैज्ञानिक कार्य समय र बिदा प्रावधान सहितको मापदण्डयुक्त स्नातकोत्तर सञ्चालन निर्देशिका तुरुन्त तयार गरी लागू गर्न पनि माग गरिएको छ। मागहरू सम्बोधन नभएमा अझ सशक्त आन्दोलनात्मक कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने भनेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु