पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू) « Khabarhub

पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘शिक्षा ऐन जारी गर’  भन्दै शिक्षकहरूले आन्दोलन गरेको २६ दिन भइसकेको छ । दैनिक शिक्षकहरू सडकमा उत्रिरहेका छन् । आज उपत्यकामा पानी पर्दा शिक्षकहरूलाई समस्या परेको छ । आन्दोलनमा उत्रिएका शिक्षकहरू सडकमै भिजेका छन् । 

शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भयो । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा केही शिक्षक घाइते भएका छन् । उनीहरूलाई सिभिल अस्पताल लगिएको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ। शैक्षिक सुधारको माग राख्दै देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।

तस्बिरहरू :

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : २२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर