सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी « Khabarhub

 सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका छन् ।  

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिटै ढल्दै छ भनेर जनतामा भ्रम छर्ने गरि प्रचण्डले दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका हुन् ।

राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरी कसैले पनि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए ।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे । त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए । 

उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको धारणा राखे । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना