कांग्रेस सांसद राईको पक्राउ बारे प्रतिनिधिसभालाई जानकारी « Khabarhub

कांग्रेस सांसद राईको पक्राउ बारे प्रतिनिधिसभालाई जानकारी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद माया राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् । 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । 

वैशाख १३ गते बुढानीलकण्ठ नगरपालिका–१० कपन स्थितबाट राईलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको समेत सूचनामा उल्लेख छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : २१ बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको