विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहसम्म आपत्कालीन गोदामघर आवश्यक : गृहमन्त्री « Khabarhub

विपद् जोखिम न्यूनीकरण गर्न स्थानीय तहसम्म आपत्कालीन गोदामघर आवश्यक : गृहमन्त्री


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।  

आइतबार काठमाडौंमा गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्सम्बन्धी विषयमा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए । काठमाडौंमा बसेर नीति निर्माण गरे पनि त्यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै भएको उनले बताए ।

उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरू राख्नुपर्ने बताए ।

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।

उनले विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने धारणा राखे ।  

विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुनर्स्थापन महत्त्वपूर्ण विषय भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित हुनुपर्ने उनले बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४८ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ