साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा « Khabarhub

साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दुई दिनपछि अर्थात् मे १३ मा नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।

नेपाली टोली

गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान

रक्षकः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का

मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का

फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ५१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका