रविलाई अर्को संकट : सानो पाइला सहकारी ठगीको मुद्दा पनि अघि बढ्यो, ५ करोड ७४ लाख बराबरको बिगो मागदाबी | Khabarhub Khabarhub

रविलाई अर्को संकट : सानो पाइला सहकारी ठगीको मुद्दा पनि अघि बढ्यो, ५ करोड ७४ लाख बराबरको बिगो मागदाबी

प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुग्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम अपचलनबारे लामो अनुसन्धान पूरा गरेर जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई दुई दिनअघि प्रतिवेदन बुझाएको छ ।

जिप्रका पर्साले अनुसन्धान पूरा गरेर उक्त सहकारीमा भएको ठगी प्रकरणको फाइल सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार बुझाएको हो ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी एवम् डीएसपी किशोर लम्सालका अनुसार सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलकहाँ पठाइएको हो ।

‘जिल्ला प्रहरी कार्यालयले अनुसन्धान पूरा गरेर प्रतिवेदन शुक्रबार सरकारी वकिलकहाँ बुझाइसकेका छौँ’, उनले भने, ‘सानो पाइलाको बचत हिनामिनामा ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।’

लम्सालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् तत्कालीन गोर्खा मिडिया नेट्वर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित ३० जना व्यक्तिविरुद्ध मुद्दा चलाउने राय सरकारी वकिललाई दिइएको बताए ।

उनका अनुसार ११ वटा संस्था र कम्पनीविरुद्ध पनि मुद्दा चलाउने राय दिइएको छ । मुद्दा चलाउन राय दिइएका भीआईपीमा रवि लामिछाने र गोर्खा मिडियामा उनका साझेदारसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी पनि छन् ।

सानो पाइला सहकारीको बचत हिनामिना प्रकरणमा प्रहरीले जम्मा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्न राय दिइएको छ । त्यसैगरि जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो माग दाबी भएको लम्सालले बताए ।

उता विभिन्न ५ वटा सहकारीको बचत रकम ठगीपछि गोर्खा मिडिया नेट्वर्कका तत्कालीन अध्यक्ष जीबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र हाल कास्की जेलमा रहेका कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो माग दाबी गर्न गरि प्रहरीले राय दिएको छ ।

अहिले लामिछाने र जोशी भैरहवा कारागारमा छन् भने रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

यसअघि रवि, जीबी र छविविरुद्ध पोखरास्थित सूर्य दर्शन सहकारी, चितवनको भरतपुरस्थित सहारा सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा चलिसकेको छ ।

जीबी, रवि र छविसहितविरुद्ध चलेका मुद्दामा रुपन्देही जिल्ला अदालते छविलाललाई थुनामा पठाउन आदेश दिएको थियो । अन्य अदालतले भने रवि र छवि दुवैलाई धरौटीमा छाड्ने गरी राहत दिएका थिए ।

जिल्ला अदालतबाट धरौटीको आदेश हुँदा रविले प्रभु बैंक जम्मा २ करोड ४० लाख रुपैयाँ बैंक ग्यारेन्टी बसिदिनाले जेल नगई छुट्न सफल भएका थिए ।

तर जिल्लामा धरौटी राखेर निस्किएका उनी गत चैत २२ गते उच्च अदालत दाङको बुटवल इजालसबाट भएको आदेशअनुसार अहिले भैरहवा कारागारमा थुनामा रहेका छन् । छवि त्यसअघि नै कारागारमा थिए । जीबी भने मलेसिया भागेको भनिए पनि अहिले कहाँ कुन् अवस्थामा छन् सरकारले पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५१ बजे

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको

आन्दोलन शिक्षकहरूको रहर होइन : पूर्व मुख्यमन्त्री राई

काठमाडौं – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले शिक्षकका जायज

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि