शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल « Khabarhub

शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग अनुसार ऐन बनाउन तदारुकता देखाउनुपर्नेमा शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । 

उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरबाहीका कारण भएको जिकिर गरे । दाहालले आइतबार बानेश्वरमा शिक्षकहरूमाथि दमन भएको भन्दै भर्त्सना गरे ।  

उनले शिक्षकहरूलाई माओवादीले उत्तेजित पार्‍यो भन्ने आरोपको खण्डन समेत गरे । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका