शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी « Khabarhub

शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आइतबार शिक्षकहरूमाथि दमन गरेपछि चौतर्फी विरोध भएको छ ।

विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मागसहित २७ दिनदेखि आन्दोलित शिक्षकमाथि आइतबार प्रहरीले नयाँबानेश्वर क्षेत्रमा पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।

आन्दोलित शिक्षक महासंघसँग सरकारले गम्भीरतापूर्वक वार्तामा चासो नदिइरहेका बेला आइतबार प्रहरी लगाएर दमन गरेपछि सत्तारुढ नेताहरू नै विरोधमा उत्रिएका छन् ।

कांग्रेस नेता एवम् सांसद डा. चन्द्र भण्डारीले मातातीर्थ औ‍ँसीका दिन शिक्षकहरूमाथि भएको बल प्रयोगलाई निन्दनीय भनेका छन् ।

‘कमी कम्जोरी हामी सबैका छन् । समयमै शिक्षकका माग सामाजिक सम्मानका सम्बोधन हुनुपर्थ्यो । जुन कुरा संसदीय समितिमा पटक पटक उठेको पनि हो’, उनले भने, ’सबै पक्ष सहमत पनि हुनुहुन्थ्यो । अहिले म बिछ्यौनामा छु । बिन्ती छ, सरकारसँग, ‘शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद नै हो बल प्रयोग होइन’, उनले भनेका छन् ।

भण्डारीले आइतबार आमाको मुख हेर्ने पवित्र दिनमा शिक्षारूपी ज्ञान प्रदान गर्ने जीवनको दोस्रो आमा शिक्षकमाथि अपमानलाई अत्यन्त पीडादायी घटना भनेका छन् । ‘आमाबुवा र शिक्षकले आफ्नो क्षमताअनुसार नेपाली समाज र हामीलाई केही न केही दिएकै छन् ।’

आइतबार निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले हस्तक्षेप गर्दा २७ जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् । एकजना पत्रकारको पनि आँखामा गहिरो चोट लागेको छ।

तर पनि अझै सरकारले शिक्षकलाई गम्भीरतापूर्वक वार्तामा ल्याउन सकेको छैन । त्यहीकारण शिक्षकहरूको आन्दोलन महिना दिन काट्न लाग्दा पनि समाधान निस्केको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल