संसदमा पर्यटनमन्त्रीले भने- नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउने होइन « Khabarhub

संसदमा पर्यटनमन्त्रीले भने- नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउने होइन


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक- २०८१ संस्थालाई टुक्र्याउनभन्दा पनि प्रणालीलाई बलियो बनाएर हवाई सेवा सुरक्षित र भरपर्दो बनाउनका लागि ल्याएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा यससम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, प्रणालीलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय छविलाई सुदृढ पार्न विधेयक केन्द्रित रहेको स्पष्ट पारे ।

नेपालको आकाशलाई गतिशील र सुरक्षित बनाउनुपर्ने चुनौती रहेको अवस्थामा सबैको सुझाव अनुसार विधेयकलाई आवश्यक परिमार्जन गर्दै लैजाने उनले बताए । 

पाण्डेले भूगोलजन्य चुनौतीहरू र मौसमका अस्थिरताका कारण नागरिक उड्डयन क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको बताए । 

नागरिक उड्डयन क्षेत्र सुधारका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल सिन्हाको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको र उक्त संयन्त्रमार्फत बृहत् छलफल भइरहेको उनले बताए ।  

उनले अन्तर्राष्ट्रिय र स्वदेशी यात्रुका बिमा सुविधामा ठूलो अन्तर रहेको भन्दै त्यसको समायोजन र पुनरावलोकनका लागि नयाँ ऐन निर्माण भइरहेको पनि जानकारी दिए । 

साथै, हवाई दुर्घटनापछिका अनुसन्धान र संस्थागत मेमोरी व्यवस्थापनका लागि स्थायी संरचना बनाउने गरी तयारी भइरहेको मन्त्री पाण्डेले बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ३२ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका