बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य « Khabarhub

बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाल राष्ट्र बैङ्कको ७०औँ वार्षिकोत्सव समारोहको भैरहवा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका हुन् । 

बैङ्क तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढङ्गले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैङ्कले समीक्षा गर्न जरुरी छ ।’

प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । 

राष्ट्र बैङ्क बैङ्कको बैङ्क भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीको समाधानका लागि राष्ट्र बैङ्क चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले राष्ट्र बैङ्कको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि बताए  । कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा आबद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका