बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत « Khabarhub

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राखेको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताए । 

‘राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,’ उनले भने ।

त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसूर स्वतः नियन्त्रण हुँदै जाने बताए । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका