नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कानो – नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोव्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू आगामी बाली सिजनको तयारीमा खेत सफा गरिरहेका बेला आक्रमण गरिएको थियो । गोव्जा जिल्लाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताले उक्त जानकारी दिए ।

उहाँका अनुसार सेनाको साथमा खोज तथा उद्धार टोलीले नजिकैका झाडी क्षेत्रमा थप शवहरूको खोजी गरिरहेको छ । सो क्षेत्र क्यामरुनको सीमासँग सटेको र विगतमा पटक–पटक जिहादी आक्रमणको शिकार बनिसकेको हो ।

“तिनीहरूले आफ्ना खेत सफा गरिरहेका १४ जना किसानको हत्या गरे र अन्य चार जनालाई घाइते बनाएका छन्,” टिम्ताले बताए । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको व्लेइ गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीहरूको शिविर रहेको विश्वास गरिएको छ ।

बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले हालका वर्षहरूमा किसान, माछा मार्ने, दाउरा सङ्कलन गर्ने, गोठाला र फलामका टुक्रा सङ्कलन गर्नेहरूलाई लक्ष्य बनाउँदै आएका छन् ।

शुक्रबार, बोरनो राज्यका गभर्नर बबागाना जुलुमले आतङ्कवाद विरुद्धको लडाइँमा केही सैन्य कमजोरी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरे ।

गोव्जा क्षेत्रमा बोको हरामले सन् २०१४ देखि नै आक्रमण गर्दै आएको छ । त्यस वर्ष, समूहले उक्त क्षेत्रलाई आफ्नो ‘खिलाफत’ अन्तर्गत घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । यद्यपि, सन् २०१५ मा नाइजेरियन सेनाले चाडियन सेनाको सहयोगमा सहर पुनः नियन्त्रणमा लिएको थियो ।

तर बोको हरामले अझै पनि मन्डारा पर्वत श्रृङ्खलाबाट आक्रमण जारी राखिरहेको छ । उक्त क्षेत्रमा महिलाहरूलाई अपहरण गर्ने र काठ तथा फलफूल सङ्कलन गर्न गएका व्यक्तिहरूलाई लक्षित गर्ने घटनाहरू भइरहेका छन् ।

सन् २००९ यता, यो जिहादी द्वन्द्वका कारण नाइजेरियाको उत्तरपूर्वमा ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै २० लाख मानिसहरू विस्थापित भएका छन् ।

यो द्वन्द्व छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनसम्म फैलिएको छ, जसका कारण क्षेत्रीय संयुक्त सुरक्षा बल गठन गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : २७ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का