‘हेराफेरी- ३’ विवाद : परेशले फिर्ता गरे पैसा « Khabarhub

‘हेराफेरी- ३’ विवाद : परेशले फिर्ता गरे पैसा


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट बलिउड फिल्म ‘हेराफेरी’को सिक्वेल ‘हेराफेरी-३’को दर्शकले प्रतिक्षा गरिरहेका छन् । अर्को तर्फ यो फिल्म निर्माणको काम गिजोलिएको छ । परेश रावल र नायक अक्षय कुमारको मनमुटावले यो अवस्था सिर्जना भएको हाे ।

यो फिल्म निर्माणको घोषणा हुँदा दर्शक उत्साहित बनेका थिए । तर, छायाङ्कन नजिकिँदै गर्दा टिममा फुट आएकाेमा दर्शक निराश बनेका छन् । झन्, अहिले यो फिल्मको छायाङ्कन अनिश्चिततातर्फ धकेलिएको छ ।

ठोस कारण नखुलाइ परेशले यो फिल्मबाट बाहिरिने निर्णय सार्वजनिक गरेका थिए । उनी यस सिक्वेलको शीर्ष मध्येका एक कलाकार हुन् ।

यो सिक्वेलका मुख्य पात्रहरु बाबु राव, घनश्याम र राजु हुन् । उनीहरुको दोस्ती नै यो फिल्मको रोचक पक्ष हो ।

बाबु रावको भूमिका निर्वाह गर्ने गरेका परेश नै यो फिल्मबाट बाहिरिएपछि स्वभाविक रुपमा छायाङ्कन प्रभावित बन्न पुगेको हो ।

फिल्मबाट निस्कने परेशको निर्णय विवादित बनेको छ । केही दिनअघि यस सिक्वेलको प्रडक्सन हाउसले अक्षय नेतृत्वको केप अफ गुड फिल्मसले २५ करोड क्षतिपूर्तिको माग गर्दै कानुनी पत्र पठाएको खबर बाहिरिएको थियो ।

उनले सम्झौता गरेर फिल्म नगरेको भन्दै उक्त क्षतिपूर्ति माग गरिएको थियो ।

अहिले यो विवादले नयाँ रुप लिएको छ । परेशले आफ्नो कानून व्यवसायीमार्फत अक्षयको कम्पनीलाई क्षतिपूर्ति तिरेका छन् ।

बलिउड हंगामाका अनुसार परेशले अग्रिम भुक्तानीले लिएको भारतीय रुपैयाँ ११ लाख र १५ प्रतिशतका दरले त्यसको ब्याज पनि तिरेका हुन् । उनले क्षतिपूर्ति स्वरुप थप केही रकम पनि पठाएको बुझिएको छ ।

अक्षयको तर्फबाट क्षतिपूर्ति बुझेको खबर भने अहिलेसम्म बाहिरिएको छैन । परेशले फिल्मबाट बाहिरिने आफ्नो निर्णयलाई उचित दाबी गरेका छन् ।

यो विकसित घटनाले परेश फिल्ममा नरहने सम्भावना झन् बढ्दै गएको छ । यस सिक्वेलका फ्यान यो घटनाबाट दुखी देखिन्छन् । उनीहरुको भनाइ छ- ‘परेश बिना हेराफेरी अपूर्ण हुन्छ ।’

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ३३ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न