कामीरिताको नयाँ रेकर्ड, ३१औँ पटक सगरमाथामा « Khabarhub

कामीरिताको नयाँ रेकर्ड, ३१औँ पटक सगरमाथामा


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पा आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज (मङ्गलबार) बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’

यस्तै, एभरेष्ट टुडेले ट्विटरमा लेखेको छ– ‘प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज बिहान ४ बजे ३१औँ पटक सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गर्नुभएकोमा बधाई छ ।’ 

कामीरिताले गत वर्ष ०८१ साल वैशाख ३० गते २९औँ र जेठ ९ गते ३०औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौँमा बस्दै आएका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ५५ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ