राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु « Khabarhub

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मङ्गलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी आआफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् ।

मतदानका लागि ४२ इलेक्ट्रिक भोटिङ मेसिन राखिएको छ भने प्रदेशपिच्छे फरक फरक मतदान बुथ राखिएको छ ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाईँ उम्मेदवार रहेका छन् । यस्तै, पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : १३ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६