काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरियो विपद् प्रतिकार्य अभ्यास « Khabarhub

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरियो विपद् प्रतिकार्य अभ्यास


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । 

मंगलबार संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास ‘मनसुन–५’ काभ्रेको भुम्लु गाउँपालिका वडा नं १० स्थित दोलालघाटमा सम्पन्न गरिएको हो । उक्त अभ्यास कार्यक्रम जिल्ला स्थित श्री नं २६ बाहिनी अड्डाको आयोजनामा गरिएको हो ।

कार्यक्रममा विपद् प्रतिकार्य अभ्यास तथा उद्धार कार्यको प्रदर्शनी गरिएको थियो । त्यस्तै स्थानीय श्रोत साधनको प्रयोग गरी बाढीको समयमा उद्धार, वाटर रिभर क्रसिङ रेस्क्यु, पलिङ्ग विधी प्रयोग गरी उद्धार, हाइ लाइन रेस्क्यु लगायतको अभ्यास गरिएको थियो । 

उक्त अभ्यासमा श्री इन्द्रध्वज गण सिन्धुपाल्चोक, श्री श्रीमेहर गण र श्री त्रिनेत्रदल गण काभ्रेपलाञ्चोकका युनिट लगायत सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, उपत्यका पृतनापति उपरथी विष्णु राउत लगाएतले विपद् पूर्व तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विपद् उद्धारमा प्रयोग गरिएका सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : १२ बजे

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका