दक्षिण कोरियाको राष्ट्रपतीय चुनावमा विपक्षी दलका ली अग्रस्थानमा : सर्वेक्षण « Khabarhub

दक्षिण कोरियाको राष्ट्रपतीय चुनावमा विपक्षी दलका ली अग्रस्थानमा : सर्वेक्षण


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङ देशको नयाँ राष्ट्रपतिका लागि स्पष्ट रूपमा प्रबल दाबेदार रहेको मङ्गलबार सार्वजनिक ‘ग्यालप’ को सर्वेक्षणले देखाएको छ ।

दक्षिण कोरियाली पूर्व नेता युन सुक योलले गत डिसेम्बरमा नागरिक शासनलाई निलम्बित गर्ने असफल प्रयासका कारण महिनौँदेखि जारी राजनीतिक उथलपुथललाई अन्त्य गर्दै आगामी जुन ३ मा दक्षिण कोरियामा मतदान हुँदैछ ।

ग्यालपले गरेको सर्वेक्षणमा डेमोक्य्राटिक पार्टीका नेता लीलाई स्पष्ट बहुमत आउने देखिएको छ । सहभागीमध्ये ४९ प्रतिशत उत्तरदाताहरूले उनलाई सबैभन्दा राम्रो उम्मेदवारको रूपमा हेरेका छन् ।

सत्तारुढ दल पिपुल्स पावर पार्टीका पूर्व लेबर मन्त्री किम मुन सोलाई ३५ प्रतिशतले मन पराएका छन् ।

तेस्रो स्थानमा सुधार पार्टीका ली जुन–सिओक रहेका छन्‌ । उनले दक्षिण कोरियाली युवालाई लक्षित गरी अभियान चलाइरहेका छन्‌।

ग्यालप कोरियाले फोनमा गरेको सर्वेक्षणमा गत साता एक हजार चार उत्तरदाताहरूको सर्वेक्षण गरिएको थियो, जसमा ३.१ प्रतिशत बिन्दुको त्रुटिको अनुमान गरिएको छ ।

सर्वेक्षणले डेमोक्र्याटिक पार्टीका नेताले राजधानी सियोल, इन्च्योन र ग्योन्गीको सबैभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा जित हासिल गर्ने अनुमान गरेको छ ।

तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी झुकाव भएका ली जे–म्युङलाई विजयी हुनबाट रोक्नका लागि राष्ट्रपतिपदको आफ्नो उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नुपरेको छ ।

तर, ४० वर्षीय जे–म्युङलाइ भने चुनावको दिन मतपत्रमा आफ्नो नाम ’स्पष्ट देखिने’ घोषणा गर्दै आएका छन्‌ ।

मङ्गलबारको सर्वेक्षणले जे–म्युङले एकीकृत कन्जरभेटिभ उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरे पनि जित हासिल गर्ने सङ्केत गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये करिब पाँच प्रतिशतले आफूलाई कुनै प्राथमिकता नभएको वा को उत्कृष्ट उम्मेदवार हुने भन्ने थाहा नभएको बताएका छन् ।

यो सर्वेक्षण अर्को हप्ताको मतदान अघि जारी गरिने अन्तिम सर्वेक्षणमध्ये एक हो ।

कन्जर्भेटिभ पार्टीका उम्मेदवार किमले युनको सैनिक शासनको पराजयपछि सर्वसाधारणको ध्यान तान्न सफल भएपनि नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गरेका थिए ।

‘नेक्स्ट रिसर्च’ले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षणले दुई उम्मेदवारबीचको अन्तर देशव्यापी रूपमा नौ प्रतिशत बिन्दुमा खुम्चिएको र सियोलमा यो अन्तर ३.२ अङ्कमा खुम्चिएको देखिएको छ ।

ली सन् २०२२ को राष्ट्रपतीय चुनावमा युनसँग देशको इतिहासमै सबैभन्दा कम मतान्तर पराजित भएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ४२ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र