समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार | Khabarhub Khabarhub

समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदीयमान दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूहरूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्न थालेका छन् । उनीहरूको यो कदम अभियानकै रूपमा चलिरहेको छ ।

विवाह बन्धनमा बाँधिएको छोटो समयमा सम्बन्धबिच्छेद भएपछि एलिनामाथि साइबर दुर्व्यवहार बढ्दो छ । केही वर्षअघि यौन दुर्व्यवहारको शिकार भएपछि समीक्षालाई निरन्तर सामाजिक सञ्जालमा खुइल्याउने प्रयास भइरहेको छ ।

यसबीच वैयक्तिक जीवनकै कठिन समयमा यी दुवैले साइबर बुलिङ सामना गर्नुपर्‍यो । व्यक्तिगत तवरबाट र समूह नै बनाएर स्त्रीद्वेषीहरू यी दुई गायिकामाथि जाइलागे । चरित्रदेखि त्यसलाई आर्थिक पाटोसम्म जोडेर खिल्ली उडाउने र बदनाम गर्ने काम भइरह्यो ।

चरित्रहत्या र बदनामी प्रयास अति भएपछि गायिकाद्वय यतिखेर प्रतिरोधमा उत्रिएका छन्‌ । त्यो पनि सामाजिक सञ्जालबाटै, जो यस्ता मामिलामा प्रभावकारी मानिन्छ ।

सामाजिक सञ्जलामा आफूहरूमाथि तथानाम टिप्पणी गर्नेको तस्बिर, नामथर र ठेगानासहित सार्वजनिक गर्ने अभियानमा गायिकाद्वय लागिपरेका छन्‌ ।

एलिनाले सामाजिक सञ्जालामा बुधबार लेखेकी थिइन्‌, ‘कमेन्टमा अत्याचार धेरै भयो, अब पालो पालो पोस्ट गर्छु ।’

त्यसयता एलिनाले आफूलाई दुर्व्यवहार गर्नेको तस्बिर र उनीहरूको कमेन्ट भटाभट सार्वजनिक गरेकी छन् । यो क्रम अझै रोकिएको छैन ।

एलिनाले आफ्नो तस्बिर दुरुपयोग गर्नेलाई माफी माग्न लगाएको भिडियोसमेत सार्वजनिक गरेकी छन् । समीक्षाले पनि आफूलाई कमेन्ट बक्समा दुर्व्यवहार गर्नेको फोटो सार्वजनिक गर्न लागेकी छन् ।

तस्बिर सार्वजनिक गरेपछि उनले मेसेजमा माफी माग्नेहरूलाई समेत सार्वजनिक गरेर सबक सिकाइरहेकी छन् ।

सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिकामात्रै होइनन् । तर, उनीहरूले ‘आफूमाथि भएको अन्याय’ विरुद्ध सामाजिक सञ्जालमै लडाइँ सुरु गरेका हुन्‌ । उनीहरूको यो कदममा फिल्मकर्मी र कलाकारहरूले साथ दिएका छन् ।

कलाकार निर्मल पौडेलले उनीहरुको यो कदमको प्रशंसा गरेका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीले पनि उनीहरूको पक्षमा लामो स्ट्याटस लेखेका छन् ।

दीपकले लेखेका छन्, ‘जटिल परिस्थितिमा आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरुको हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ ।’

कलाकार सुमन कार्कीले दीपकै पोस्ट सेयर गर्दै समीक्षा र एलिनालाई ढाडस दिएका छन् । कार्कीले लेखेका छन्, ‘सबैलाई सम्मानले बाच्न दिऊँ ।’

नायिका केकी अधिकारी पनि यी दुई गायिकाको साथमा देखिएकी छन् । आफूमाथि अत्याचार भएपछि यी दुई गायिका प्रतिवादमा उभिएको उनको आशय छ ।

केकीले समीक्षा र एलिनाबारेको समाचार सेयर गर्दै लेखिकी छन्, ‘भनिन्छ – अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ ।’

यी दुई गायिकाले केही व्यक्तिको खराब मानसिकता उदाङ्गो पारेको निर्माता रोहित अधिकारीको बुझाइ छ । गायिकाहरूको पक्षमा उनले लेखेका छन्, ‘दरिद्र मानसिकताका मान्छेहरूलाई सबक सिकाउनैपर्छ ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक