बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ | Khabarhub Khabarhub

बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘पीपीपी मोडेल’ (सार्वजनिक–निजी साझेदारी) तथा तीनै तहका सरकारबीचको सहकार्य र साझेदारीमा सञ्चालन गर्ने गरी योजना तर्जुमा गरेको जनाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उत्पादन, रोजगारी र आम्दानी वृद्धिका क्षेत्रहरुमा केन्द्रित गरिएको उल्लेख गरेको छ ।

प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणालाई आत्मसाथ गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरिने कार्यक्रम ल्याएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बजेट वक्तव्यमार्फत् सार्वजनिक–निजी साझेदारीको मोडेलमा प्रदेश सरकारको कार्यक्रम सञ्चालन हुने बताएका छन् ।

प्रदेशको तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका वस्तु तथा सेवा उत्पादनका क्षेत्रहरूमा लगानी बढाइने उनले बताएका छन् ।

‘कृषिलाई उत्पादन र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आय–आर्जन गरिने गरी बजेट तर्जुमा गरिएको छ,’ मन्त्री काफ्लेले भने, ‘सार्वजनिक–निजी साझेदारीमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने छ ।’

सहकारी संघ–संस्था र कम्पनीको लागत साझेदारीमा स्मार्ट कृषि फार्म स्थापना गरी कृषि उत्पादन बढाइने र सार्वजनिक–निजी साझेदारीमा दोलखामा किवी फल प्रशोधन केन्द्र र चितवनमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहसँगको साझेदारीमा हेलम्बु ग्रेट ट्रेल सिन्धूपाल्चोक, किस्पाङ नौ घडेरी पर्यटकीय प्रवद्र्धन नुवाकोट र शैलुङ मिनी ग्रेटवाल, दोलखा र रमणीय पार्कहरूको निर्माण गर्ने प्रदेश सरकारको योजना छ ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार प्रदेश औषधि उत्पादन केन्द्र र ‘ड्रग एन्ड टक्सिकोलोज’ केन्द्र स्थापना गरिने मन्त्री काफ्ले बताए ।

तीनै तहका सरकारको सहकार्य र साझेदारीमा ‘स्मार्ट स्पोर्ट सिटी’को अवधारणअनुसार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिस्तरको बहुउद्देशीय रंगशाला बनाउने योजना पनि राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ४५ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय