बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ « Khabarhub

बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘पीपीपी मोडेल’ (सार्वजनिक–निजी साझेदारी) तथा तीनै तहका सरकारबीचको सहकार्य र साझेदारीमा सञ्चालन गर्ने गरी योजना तर्जुमा गरेको जनाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उत्पादन, रोजगारी र आम्दानी वृद्धिका क्षेत्रहरुमा केन्द्रित गरिएको उल्लेख गरेको छ ।

प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणालाई आत्मसाथ गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरिने कार्यक्रम ल्याएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बजेट वक्तव्यमार्फत् सार्वजनिक–निजी साझेदारीको मोडेलमा प्रदेश सरकारको कार्यक्रम सञ्चालन हुने बताएका छन् ।

प्रदेशको तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका वस्तु तथा सेवा उत्पादनका क्षेत्रहरूमा लगानी बढाइने उनले बताएका छन् ।

‘कृषिलाई उत्पादन र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आय–आर्जन गरिने गरी बजेट तर्जुमा गरिएको छ,’ मन्त्री काफ्लेले भने, ‘सार्वजनिक–निजी साझेदारीमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने छ ।’

सहकारी संघ–संस्था र कम्पनीको लागत साझेदारीमा स्मार्ट कृषि फार्म स्थापना गरी कृषि उत्पादन बढाइने र सार्वजनिक–निजी साझेदारीमा दोलखामा किवी फल प्रशोधन केन्द्र र चितवनमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहसँगको साझेदारीमा हेलम्बु ग्रेट ट्रेल सिन्धूपाल्चोक, किस्पाङ नौ घडेरी पर्यटकीय प्रवद्र्धन नुवाकोट र शैलुङ मिनी ग्रेटवाल, दोलखा र रमणीय पार्कहरूको निर्माण गर्ने प्रदेश सरकारको योजना छ ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार प्रदेश औषधि उत्पादन केन्द्र र ‘ड्रग एन्ड टक्सिकोलोज’ केन्द्र स्थापना गरिने मन्त्री काफ्ले बताए ।

तीनै तहका सरकारको सहकार्य र साझेदारीमा ‘स्मार्ट स्पोर्ट सिटी’को अवधारणअनुसार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिस्तरको बहुउद्देशीय रंगशाला बनाउने योजना पनि राखिएको उनले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ४५ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर