उपचारमा लापरबाही मुद्दामा ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला | Khabarhub Khabarhub

उपचारमा लापरबाही मुद्दामा ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतले फैसला गरेको छ । 

उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । 

बिरामी वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् । 

अदालतले दायित्व विचार गरी डा.त्रिपाठीले ४० लाख ३ हजार र अस्पतालले १७ लाख १५ हजार तिर्नेुपर्ने बताएको छ । यसअघि अदालतले हिमाल अस्पताललाई १ करोड ४५ लाख र ओम अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति तिराउने आदेश दिइसकेको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ५६ बजे

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा

एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं- एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका