इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण « Khabarhub

इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । हेजबोल्लाहको भूमिगत केन्द्रमा हवाई आक्रमण गरेको भन्दै इजरायली सेनाले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।

उक्त भिडियो एक्स (पूर्व ट्विटर) मा पोष्ट गरिएको हो । अल जजिराले यो भिडियोको पुष्टि गरेको छ । भिडियोमा एक पहाडमाथिबाट ठूलो धुँवाका मुस्लो उडिरहेको देखिन्छ । जुन इजरायली लडाकु विमानले निशाना बनाएको स्थान हो। आकाशमा विमानको आवाज सुन्न सकिन्छ ।

इजरायली सेनाका अनुसार उक्त स्थान ब्यूफोर्ट किल्ला क्षेत्रमा रहेको हेजबोल्लाहको भूमिगत नेटवर्क थियो । जसलाई ‘फायर र डिफेन्स व्यवस्थापन केन्द्र’को रूपमा प्रयोग गरिन्थ्यो। सेनाले यो स्थान अघिल्लो आक्रमणमा पनि निशाना बनाइएको जनाउँदै हेजबोल्लाहले फेरि पुनःनिर्माण गरिरहेको दाबी गरेको छ ।

इजरायली सेनाले उक्त भौतिक पूर्वाधारलाई पूर्ण रूपमा ध्वस्त गर्न यो हमला गरिएको जनाएको छ । यो आक्रमणको पुष्टि लेबनानी सञ्चार माध्यमहरूले पनि गरेका छन्।

पछिल्लो केही दिनदेखि इजरायलले दक्षिणी लेबनानमा हेजबोल्लाहका भनिएका ठाँउहरूमा आक्रमण तीव्र पारेको छ। बिहीबार मात्रै इजरायली ड्रोन हमलामा दुई जनाको मृत्यु भएको थियो। सेनाले तिनीहरू हेजबोल्लाहका सदस्य रहेको दाबी गरेको छ।

नोभेम्बर २७ मा युद्धविराम सहमति भए पनि इजरायली सेनाले दक्षिणी लेबनानमा नियमित आक्रमण जारी राखेको छ। यी आक्रमणहरूले हेजबोल्लाहको क्षमतामा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

यसैबीच लेबनानी प्रधानमन्त्री नवाफ सलामले एक्समा पोस्ट गर्दै इजरायली आक्रमणको कडा निन्दा गरेका छन्।

‘यो हाम्रो राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लंघन हो । नोभेम्बर महिनामा सहमति गरिएको युद्धविरामको व्यवस्थाको उल्लंघन पनि हो’, उनले भनेका छन्, ‘यसले हाम्रो क्षेत्रीय स्थिरतामा खतरा पुर्‍याएको छ, जुन हामी जोगाइरहन चाहन्छौं।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ४३ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण