जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता « Khabarhub

जसपाले छोड्न थाल्यो कांग्रेस-एमालेको साथ, लुम्बिनी सरकारबाट समर्थन फिर्ता


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०८१ असारमा बनेको गठबन्धनको साथ छाड्न थालेको छ।

अध्यक्ष यादवले यसअघी लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यादवले मंगलबार भक्तपुरमा घोषणा गरेअनुसार जसपाले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया थालेको थियो।

त्यहीअनुसार लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लिएको हो ।

जसपा नेपालले संघमा पनि ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार जसपाले प्रदेशश सरकारबाट समर्थन फिर्ता लिन थालेको हो ।

यादवले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका थिए ।


प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ५४ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय