बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण | Khabarhub Khabarhub

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा बजेट तर्जुमाका सम्बन्ध आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्री कुन्दन काफ्लेलाई जोडेर विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित भएका समाचारप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण आचार्यद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयसँग कुनै सत्यतथ्य नबुझी प्रदेश सरकारको क्षेत्राधिकारभन्दा बाहिर बजेट विनियोजन भएको भन्ने सन्दर्भमा उक्त कार्यक्रम सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानको रहेको र हेटौँडा उपमहानगरपालिका वडा नं २० र २२ जोड्ने कर्रा खोला सडक पुल आयोजना साविककै क्रमागत आयोजनाको निरन्तरता हो ।’

मन्त्रालयमा बजेट निर्माणसम्बन्धी प्रक्रियागत छलफललाई विवाद भएको भनी झुठा प्रचारप्रसार गरिएको र जनतामा भ्रम फैलाइएको भन्दै मन्त्रालयले सम्बन्धित सबैमा त्यस्ता भ्रममा नपर्न सूचित गरेको छ । 
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : १४ बजे

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा

विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई साढे १९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी

काठमाडौं– विराटनगर दुग्ध वितरण आयोजनाले दूध तथा दुग्धजन्य पदार्थको विक्री

एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११