एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालले कुनै पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि सुरू सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा चलाइएको निष्कर्ष पनि निकालिएको ज्वालाले बताएका छन् । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष नेपालले आफूमाथि भ्रष्टाचारको झूटो मुद्दा लगाइएको बताएका थिए ।

उक्त बैठकले राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास लिएको प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताकोबाट राजीनामा दिएर बाहिर बस्नु नपर्ने निष्कर्ष निकालेको ज्वालाले बताएका छन् ।

‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई फसाउने कोसिस गरियो’, उनले भने, ‘हाम्रो पार्टीमाथि पहिलेदेखि नै, स्थापना भएदेखि नै, एमालेबाट विद्रोह गरेदेखि नै प्रहार र षड्यन्त्र हुँदै आएको थियो । यो मुद्दा त्यही प्रहारको अर्को श्रृंखला हो । हाम्रो अध्यक्षलाई झुटो मुद्दा लगाइएको छ ।’

उनले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेको बताए ।

‘हाम्रो पार्टीका अध्यक्षमाथिको मुद्दा आन्दोलनमाथिको प्रहार हो’, उनले भने, ‘माधव नेपाल अहिलेका नेतामा सबैभन्दा स्वच्छ छविका हुनुहुन्छ । उहाँको जीवनशैली सरल छ । उहाँलाई मुद्दा लगाएर हाम्रो पार्टीलाई कमजोर बनाउन खोजिएको छ । यो विशिद्ध प्रतिशोधका कारणले लगाइएको मुद्दा हो ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०९ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि