नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन « Khabarhub

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही समयका लागि स्थगित गरिदिन गरेको अनुरोध अदालतले अस्वीकार गरेको छ।

बिहीबार नेतन्याहूका वकिलले अदालतमा निवेदन दिँदै प्रधानमन्त्रीले इरानसँग १२ दिन लामो युद्धपछि ‘सुरक्षा मामिलामा ध्यान केन्द्रित गर्नुपर्ने’ भएकाले दुई साताका लागि सुनुवाइबाट छुट दिइनुपर्ने माग गरेका थिए।

तर जेरुसेलेम जिल्ला अदालतले नेतन्याहूको उक्त अपीललाई अस्वीकार गरिदिएको हो । ‘वर्तमान अवस्थामा पेश गरिएको निवेदनमा सुनुवाइ स्थगन गर्न आवश्यक स्पष्ट आधार वा विस्तृत कारण प्रस्तुत गरिएको छैन’, अदालतले भनेको छ ।

नेतन्याहूले आफूमाथि लागेको भ्रष्टाचार आरोप अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले लामो समयदेखि चल्दै आएको मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन्।

नेतन्याहूविरुद्ध पहिलो मुद्दामा उनी र पत्नी सारा नेतन्याहूमाथि अरबपतिहरूबाट राजनीतिक लाभको बदलामा सिगार, गहना, च्याम्पेन जस्ता २ लाख ६० हजार डलरभन्दा बढी मूल्यका विलाशी सामान स्वीकारेको आरोप छ।

अन्य दुई मुद्दामा नेतन्याहूले इजरायली सञ्चामाध्यमहरूसँग अनुकूल समाचार छापिने गरी सौदाबाजी गर्न खोजेको आरोप लागेको छ ।

यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोश पोखेका छन् । उनले यसलाई एकदमै षड्यन्त्रपूर्ण भनेका छन् ।

ट्रम्पले एक प्रतिक्रिया दिँदै नेतन्याहूविरुद्धको मुद्दालाई ‘एकदमै षड्यन्त्रपूर्ण’ भन्दै निन्दा गरेका छन्। उनले भनेका छन्, ‘यो मुद्दा तत्काल रद्द गरिनुपर्छ । यस प्रकरणमा नेतन्याहूलाई माफी दिइनुपर्छ।’

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : २३ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको