शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल | Khabarhub Khabarhub

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ ।  

सिंहदरबारमा आइतबार बसेको बैठकमा विज्ञहरूले विधेयकका रहेको केही व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए । 

बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका विज्ञ लगायतले मिडिया काउन्सिल विधेयकको उद्देश्य पत्रकारिताको क्षेत्रमा आउन सक्ने विविध विषयलाई नियमन गर्ने विधेयक भएकाले मिडिया काउन्सिललाई स्वायत्त हुने गरी कानुन बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै मिडिया काउन्सिलमा स्वतन्त्र नियुक्ति, संसद्को प्रतिनिधित्व अनिवार्य रूपमा रहने प्रावधान रहने समेत सुझाव उनीहरूले दिएका छन् । 

साथै उनीहरूले विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । समितिले सोमबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने जनाएको छ ।

पत्रकारिता क्षेत्रमा पेशागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्धन गरी स्वच्छ,  स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनका लागि सरकारले उक्त विधेयक ल्याएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ४० बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ