आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल | Khabarhub Khabarhub

आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी जनजातिको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका छन्  । 

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालद्वारा आइतबार आयोजित विस्तारित बैठकमा महासचिव पोखरेलले हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रणालीलाई आधार मानेर तीनै तहका सरकारले आर्थिक समृद्धिको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए  । 

‘आदिवासी जनजातिको विकास भन्दै चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौँ । त्यसले कार्यक्रम रहुञ्जेल केही सफल जस्तो देखिए पनि त्यसको स्थायित्व हुने देखिएन’, उनले भने, ‘प्रत्येक समुदायले लामो समयदेखि अङ्गिकार गरेको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गरेमा आदिवासी जनजातिको आर्थिक समृद्धि टाढा छैन ।’

नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रूपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताए । 

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विश्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातिलाई चिन्ने कामको सुरुआत भएको भन्दै उनले त्यसकै जगमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने भन्दै उनको विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर पार्टीको सदस्यता नवीकरण नगर्ने निचोडमा पुगेको जानकारी दिए । 

महासङ्घका अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले जनजातिका मुद्दालाई अगाडि सार्नुपर्ने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : १८ बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव