प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी | Khabarhub Khabarhub

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न थालेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म नेपाल प्रहरीबाट करिब २४ सयजना प्रहरीले राजीनामा दिएर अन्य पेशा अंगालेको विवरण नक्सालले नै आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आर्थिक बर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म जवानदेखि अधिकृतसम्म २३ सय ६९ जनाले राजीनामा दिएका जनाएको छ ।

प्रहरीमा सरुवा, बढुवा र वृत्तिविकाससहितमा पछिल्लो समय भेदभाव, राजनीतिक कित्ताकाँट र उच्च तहको फट्याइँको परिणाम राजीनामा गर्ने क्रम बढेको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले कतिपय प्रहरीले राजनीनामा दिएर आकर्षक तलबसहित वैदेशिक रोजगारीमा जाने गरेको पनि खुलाएका छन् ।

घिमिरेका अनुसार अन्य केही प्रहरी भने भ्रष्टाचार, आपराधिक घटना र आचरणविपरीत कृयाकलापमा जोडिँदा विभागीय कारबाहीमा परेर राजीनामा दिँदै बाहिरिने गरेका छन् ।

घिमिरेका अनुसार गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयहरूमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ जाहेरी परेका छन् । प्रहरीमा दैनिक एक सय ६० मुद्दा दर्ता हुने गरेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

उनले पत्रकारसँगको संवादमा मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याबारे जानकारी दिए ।

प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरे ।

यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटका क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरे ।

एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्याङ्क समेत उनले प्रस्तुत गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३१ बजे

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू