सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी | Khabarhub Khabarhub

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको पहलमा थालिएको अभियान सहाराले सुख्खा र खडेरीले संकटग्रस्त वीरगञ्जमा १२ सय लिटर सफा पिउने पानी पठाएको छ ।

अभियान सहाराअन्तर्गत चितवनबाट आइतबार १०० कार्टुन पिउने पानी (१२०० लिटर) वीरगञ्जका लागि पठाएको पौडेलले खबरहबलाई बताएका छन्। उनले सुख्खाग्रस्त देशभरका अन्य जिल्लामा पनि अभियान सहाराले पानी पठाउने जानकारी दिए । हेटौंडाबाट पनि वीरगञ्जसहितका सुख्खाग्रस्त क्षेत्रमा पानी पठाइसकिएको उनले बताए ।

‘एक जनाले एक जनाको लागि सहयोग गरौँ । प्यासले पिरोलिएको मधेशमा पानी पठाऔँ’, उनले भने, ‘अत्यधिक गर्मी र खडेरीका कारण तराईका विभिन्न जिल्लाहरूमा खानेपानीको भयावह अभाव भइरहेको छ। यस विषम परिस्थितिमा हामीमध्ये जो जहाँ छौँ, त्यहाँबाट छुट्ने सवारी साधनबाट पानी पठाऊँ ।’

पौडेलले पानीका बोतलहरू भरेर सुख्खाग्रस्त देशका क्षेत्रमा पनि बस र ट्रकसहितबाट पठाउन सकेमा प्यासले छटपटाइरहेका नागरिकलाई राहत मिल्ने बताएका छन्।

उनले ‘प्यासविरुद्ध एक बोत्तल पानी’ अन्तर्गत एकजनाले एकजनाका लागि सहयोग गर्न पनि भनेका छन् । पौडेलले अभियान सहाराको ‘मधेशमा पानी’अभियानमा जोडिन पनि अपील गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू