सभामुख घिमिरे जेनेभा प्रस्थान « Khabarhub

सभामुख घिमिरे जेनेभा प्रस्थान


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन् । यसैगरी, उहाँ स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

भ्रमण सम्पन्न गरी उनी यही साउन १८ गते स्वदेश फकिर्ने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ३१ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि