क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे | Khabarhub Khabarhub

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सर विजेताहरु आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् ।

विश्व ‘टाउको तथा घाँटी क्यान्सर दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा. चालिसेले अस्पताबाट उपचार मात्र नभएर आशाको ज्योती जगाउने बताएका हुन् । भक्तपुर अस्पताल क्यान्सरका बिरामीहरुका लागि मुख्य गन्तव्यको केन्द्र बनेको उनकाे भनाइ छ ।

क्यान्सर जस्तो प्राणघातक रोग लागेर पनि उपचारपछि निको भएकाहरुलाई स्मरण गर्दै डा. चालिसेले आजको दिन कुनै दिवस भन्दा पनि उनीहरुको सम्मानको रुपमा रहने उनले बताए ।

उनले नेपालमा क्यान्सरको अवस्था र त्यसलाई रोकथामदेखि निदानसम्मका लागि चेतनास्तरको बारेमा समेत प्रकाश पारे । आफूलाई क्यान्सर लागेको कुरा थाहा हुँदाहुँदै पनि सामाजिक परिवेशका कारण त्यसलाई लुकाएर बस्ने प्रवृत्तिले जटिलता निम्त्याएको उनले बताए ।

‘नेपालमा टाउको र घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । दुःखको कुरा के छ भने, यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र सुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका हुन् । तर, जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल आउनुहुन्छ,’ डा. चालिसेले भने ।

साथै समाजमा भएका तीनै भ्रमहरु चिर्नका लागि अस्पतालले गत आर्थिक वर्षमा अछामदेखि पाँचथरसम्म पुगेर करिब १५ हजार महिलाको निःशुल्क परीक्षण गरेको उनले जानकारी दिए । सो क्रममा हजारौँ पुरुषहरुको जाँच गरेर रोगको शुरुवाती चरणमा नै कसरी पत्ता लगाउने भन्ने कुरा स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीलाई समेत समेटेर समुदाय लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरेकाे उनले जनकारी दिए ।

साथै डा. चालिसेले आगामी वर्षहरुमा मुख, जिब्रो र घाँटीका जाँचहरु समुदायमा नै गएर प्रभावकारी रुपमा गर्नका लागि आवश्यक उपकरणहरुको व्यवस्था गरिदिन समेत सरकारसँग आग्रह गरेका छन् ।त्यस्तै अस्पतालले यसै वर्षदेखि क्यान्सर निदानका लागि अत्यावश्यक पेट स्क्यान सेवा सुरु गर्न लागेको उनले बताएका छन् ।

वर्षेनि बढ्दै ‘हेड एण्ड नेक’ क्यान्सर
दिवसकै अवसरमा एक तथ्यांक प्रस्तुत गर्दै अस्पतालमा कार्यरत डा. रिजेन्द्र योगालले नेपालमा वर्षेनि नाक, कान, घाँटीको क्यान्सरका बिरामीको संख्या बढिरहेको बताए ।

उनका अनुसार सन २०२४ मा भक्तपुर अस्पतालमा २ सय ६७ जनामा नाक कान तथा घाँटीको क्यान्सर देखिएको छ ।
जसमध्ये १ सय ९१ जना पुरुष रहेका छन् भने ७६ जना महिला रहेका छन् । विश्वमै चौथो नम्मरमा सवैभन्दा धेरै देखिने यो क्यान्सरबाट ४ लाख ५० हजारको मृत्यु हुने गरेको तथ्यांक रहेको उनले बताए ।

विशेष गरी सुर्तीजन्य पदार्थको सेवन तथा धुम्रपान र मदिरालाई मुख्य कारक मानिएको यो क्यान्सर समयमै पहिचान गर्न सके अन्य क्यान्सरको तुलनामा छिटो र सजिलै निको पार्न सकिने उनले बताए ।

प्राथमिकतामा परेन ‘हेड नेक’ क्यान्सर
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल सिंह कार्कीले क्यान्सरको उपचारमा धेरै सुधार भएको बताउँदै अझै सुधार गर्नुपर्ने धेरै कुराहरु रहेको औंल्याए ।

विश्वभर सवैभन्दा बढि देखिने क्यान्सर भएकाले स्तन तथा पाठेघरको क्यान्सर जस्तै यसलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

समयमै पत्ता लागे अन्य क्यान्सरभन्दा छिटो र सजिलै निको पार्ने सकिने यो क्यान्सरका लागि जेनेटिक परिक्षणको सुविधा नेपालमा नभएकाले वार्षिक ३ अर्ब बढि रकम बाहीर जाने गरेको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १० : १३ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र