प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रबाट सुरु हुने प्रवेशविन्दुमा देखिएका समस्या समाधानका लागि पहल थालेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले आयोजनाको सुरुवात खोकनाको फुडोलबाट गर्ने विषयमा उठेको विवाद समाधानका लागि हालसम्म गरिएका अध्ययन, विकल्प र सुझावहरूबारे विस्तृत ब्रिफिङ लिएका हुन्।

खोकना नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्र भएकाले त्यहाँ आयोजना अगाडि बढाउँदा स्थानीय जनसमुदायको भावना र मागलाई सम्बोधन गर्नुपर्नेमा छलफल केन्द्रित भएको थियो।

छलफलपछि प्रधानमन्त्री ओलीले आयोजनालाई अनिश्चिततामा नराखी स्थानीयबासीका चासोलाई सम्मान गर्दै यथासिघ्र समाधान निकाल्न र दू्रतमार्गको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, र दुबै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

सरकारले राष्ट्रिय गौरवको आयोजना मानिएको दू्रतमार्ग निर्माण कार्यलाई राजनीतिक र प्रशासनिक सहकार्यमा अघि बढाउने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ०४ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय