ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’ « Khabarhub

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की र व्यापारिक सम्झौता रद्द गर्ने चेतावनी दिएर भारत–पाकिस्तानबीचको युद्ध रोकेको जिकिर गरेका छन् ।

भारत–पाकिस्तान सैन्य तनाव बढिरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दै भनेको कुराबारे ट्रम्पले सुनाए, ‘यदि लडाइँ जारी रह्यो भने अमेरिकाले यति ट्यारिफ लगाउँछ कि टाउको घुम्नेछ।’

भारतमा अमेरिकाको ५० प्रतिशत ट्यारिफ २७ अगस्टदेखि लागू भएको छ। बुधबार ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद बैठकमा ट्रम्पले भारत–पाकिस्तान संघर्ष रोकेको श्रेय आफूलाई दिँदै मोदीसँगको कुराकानीको विवरण सुनाए।

उनले भने,‘मैले मोदीसँग सोधेको थिएँ, तपाईं र पाकिस्तानबीच के भइरहेको छ? घृणा धेरै छ, यो धेरै वर्षदेखि विभिन्न नाममा भइरहेको छ।’

उनले थपे, ‘मैले भनेको थिएँ, म कुनै व्यापारिक सम्झौता गर्दिनँ। तपाईंहरू परमाणु युद्धतिर गइरहनु भएको छ । भोलि फेरि मलाई फोन गर्नुस्, तर सम्झनुहोस्, व्यापार सम्झौता हुँदैन।’

ट्रम्पका अनुसार उनको यो चेतावनीको पाँच घण्टाभित्रै दुवै पक्ष युद्धबाट पछि हटेका थिए।

भारतप्रति आरोप

ट्रम्पले भारतलाई रूसबाट ठूलो मात्रामा किनेको तेल अन्य मुलुकमा बेचेर नाफा कमाएको आरोप पनि लगाए।

तर भारतले त्यसलाई अनुचित र तर्कहीन भन्दै अस्वीकार गरेको छ। विदेश मन्त्रालयले अमेरिकासहित युरोप पनि अझै रूससँग व्यापार गरिरहेको बताउँदै भारतमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो।

भारतले रूसबाट तेल किन्ने काम ऊर्जा सुरक्षाका लागि अनिवार्य रहेको बताइरहेको छ। तर अमेरिकाले लगाएको ट्यारिफले भारतीय निर्यातमा ठूलो असर पार्ने चिन्ता छ । भारतले हरेक वर्ष अमेरिका पठाउने ८६.५ अर्ब डलर बराबरको सामान गम्भीर दबाबमा पर्ने देखिन्छ।

अर्थतन्त्रमा असर

विशेषज्ञहरूका अनुसार ५० प्रतिशत ट्यारिफ व्यापार प्रतिबन्धसरह हुनेछ। यसले भारतीय उत्पादनको निर्यात रोक्न सक्छ।

अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो, जहाँ भारतले आफ्नो १८ प्रतिशत निर्यात पठाउँछ, जुन कुल जीडीपीको २.२ प्रतिशत हो। ट्यारिफका कारण जीडीपीमा ०.२ देखि ०.४ प्रतिशतसम्म गिरावट आउन सक्ने आकलन गरिएको छ।

युद्ध रोकेको दाबी दोहोर्‍याए

ट्रम्पले यसअघि पनि भारत–पाकिस्तान तनाव बढ्दा सातभन्दा बढी लडाकु विमान खसालिएको देखेको बताए । त्यसपछि आफूले हस्तक्षेप गरेको दाबी उनले गरेका थिए। उनले भने, ‘मैले देखेँ, सातवटा जेट खसालिएका थिए, सायद अझै बढी। करिब १५ करोड डलरको विमान नष्ट भयो। यो राम्रो कुरा होइन भनेर मैले भनेँ।’

यसअघि उनले पाँच विमान खसेको दाबी गरेका थिए। ट्रम्पले यस वर्ष जुलाईमा पनि पहलगाम हमलापछि भारत–पाकिस्तान परमाणु संघर्षको नजिक पुगेको अवस्थामा आफूले रोकेको दाबी गरेका थिए।

उनले भने, ‘मैले विगत पाँच महिनामा पाँच युद्ध रोकेको छु। पछिल्ला दुई–तीन महिनाका उदाहरण हेर्ने हो भने यो अविश्वसनीय छ।’

तर भारतले निरन्तर कुनै तेस्रो पक्षको मध्यस्थताको भूमिका अस्वीकार गर्दै आएको छ। भारतीय अधिकारीका अनुसार द्वन्द्व रोक्ने मुख्य पहल भारतीय र पाकिस्तानी सैन्य अधिकारीबीचको प्रत्यक्ष संवादबाट भएको थियो।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : २६ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी