बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न « Khabarhub

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको छ । यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो । 

पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि शतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए । 

उनका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते-१, चैते-२, चैते-४, राधा-४, सोनामन्सुली, राधा-११, राधा-९, राधा-७ लगायत जातका धान रोपिएका छन् ।

पटकपटक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती सप्रिएकाले उत्पादनमा कमी नहुने केन्द्रका अर्थविज्ञ गणेश महराले विश्वास व्यक्त गरे । 

उनका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
 

 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ५४ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार