पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो « Khabarhub

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ।

बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत भदौ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त पक्राउ पुर्जी जारी भएपछि महर बुधबार भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका महरलाई त्यहीँबाट नियन्त्रणमा लिएर अदालत लगिएको प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले खबरहबलाई बताए ।

‘उहाँविरुद्ध हुलाकबाट जाहेरी परेको थियो । त्यसपछि भदौ ९ मै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’, अवस्थीले खबरहबलाई भने, ‘पुर्जी जारी भएपछि उहाँ साइबर ब्युरोमा उपस्थित हुनु भएको थियो । ब्युरोबाटै नियन्त्रणमा लिएर म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका छौँ ।’

अवस्थीले उनीविरुद्ध मुद्दा चल्ने-नचल्ने निर्क्योल अदालतले दिनेछ । यदि मुद्दा चल्ने गरी आदेश आएमा महरलाई म्याद लिएर अनुसन्धान अघि बढ्ने अवस्थीले बताए ।

महर एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य भएका थिए । बझाङ निवासी महर २०७९ सालको निर्वाचनमा संघीय सांसदका उमेदवार भएका थिए । त्यसबेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : १७ बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक