एक वर्षमा शेयर धितो कर्जा ५६ प्रतिशतले बढ्दा वाणिज्य, विकास र फाइनान्सको अवस्था कस्तो ? | Khabarhub Khabarhub

एक वर्षमा शेयर धितो कर्जा ५६ प्रतिशतले बढ्दा वाणिज्य, विकास र फाइनान्सको अवस्था कस्तो ?


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आर्थिक वर्ष (आव) २०८१-८२ को एक वर्षको अवधिमा शेयर धितो कर्जा उल्लेखिय मात्रामा वृद्धि भएको छ ।बैङ्क तथा वित्तीय संस्थाले शेयरलाई नै धितो राखेर दिने कर्जा एकवर्षमा ५६ प्रतिशतले वृद्धि भएको छ । 

शेयर धितो कर्जा लिने व्यक्तिले आफ्नो डिम्याट खातामा भएको शेयरको मूल्यअनुसार बैङ्कबाट पैसा लिने गर्छन् । यसरी एक वर्षमा १ खर्ब ४० अर्ब ७० करोड २० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको छ । 

उक्त कर्जा अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा ५६.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कर्जा ९० खर्ब ९ करोड ३० लाख रुपैयाँ बराबरको मात्र जारी भएको थियो । 

सबैभन्दा बढी शेयर धितो कर्जा वाणिज्य बैङ्कले जारी गरेका छन् । गत आवमा यस्तो कर्जा १ खर्ब १६ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको जारी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६६.०५ प्रतिशतले बढी हो । 

अघिल्लो आवमा वाणिज्य बैङ्कहरूले ७० अर्ब ३४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा जारी गरेका थिए । विकास बैङ्कले जारी गर्ने शेयर धितो कर्जा पनि २५.३१ प्रतिशतले वृद्धि भएको छ ।

गत असार मसान्तसम्ममा यस्तो कर्जा विकास बैङ्कहरूले १९ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको जारी गरेका छन् । अघिल्लो वर्ष भने १५ अर्ब ५९ करोड ४० लाख रुपैयाँमात्रै जारी गरेका थिए । 

फाइनान्स कम्पनीहरूले जारी गरेको शेयर धितो कर्जा भने सामान्य रूपमा मात्र वृद्धि गरेका छन् । गत आवको एक वर्षमा फाइनान्सहरूले ४ अर्ब ३५ करोड २० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा जारी गरेका छन् । 

 उक्त रकम अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने फाइनान्सहरूले ४ अर्ब १५ करोड ५० लाख रुपैयाँ बराबरको मात्र जारी गरेका थिए । 

नबिलको सबैभन्दा बढी, स्टान्डर्ड चार्टर्ड शून्य 

एक वर्षको अवधिमा २० वाणिज्य बैङ्कमध्ये १९ वटाले शेयर धितो कर्जा जारी गरेका छन् । स्टान्डर्ड चार्टर्ड बैङ्कले भने शेयर धितो कर्जा जारी गरेको छैन ।  

२० वाणिज्य बैङ्कहरूमध्ये नबिल बैङ्क लिमिटेड सबैभन्दा धेरै जारी गर्नेमा छ । गत आ.व.मा नबिलले मात्र १६ अर्ब ७६ करोड ३० लाख रुपैयाँ बराबरको रहेको छ । 

उक्त शेयर धितो कर्जा अघिल्लो आ.व.को तुलनामा ४७.११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा जारी गरेको थियो । 

त्यस्तै दोस्रो नम्बरमा ग्लोबल आइएमई बैङ्क लिमिटेड रहेको छ । एक वर्षमा ग्लोबलले १२ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा जारी गरेको छ । जुनकर्जा अघिल्लो आवको तुलनामा ८.७५ प्रतिशतले बढी हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढी कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैङ्क परेको छ ।यसले १६६ प्रतिशत बढी अघिल्लो वर्षको तुलनामा शेयर धितो कर्जा प्रवाह गरेको छ । 

एनआईसी एशिया बैङ्कको २२.७२ प्रतिशतले र नेपाल बैङ्कको ०.६१ प्रतिशतले शेयर धितो कर्जाको विस्तार घटेको छ ।

 विकास बैंकमा मुक्तिनाथ पहिलो, अरु ५ शून्य

विकास बैङ्कहरूले पनि शेयर धितो कर्जाको विस्तार बढाएका छन् ।विकास बैङ्कहरूले २.८९ प्रतिशतले शेयर धितो कर्जाको विस्तार बढाएका छन् । 

१७ वटा विकास बैङ्कहरूमध्ये ५ वटाले भने शेयर धितो कर्जा जारी गरेका छैनन् । जसमा ४ वटाले अघिल्लो वर्ष समेत जारी गरेका थिएनन् । साङ्ग्रिला विकास बैङ्कले यो वर्ष जारी नगरेको हो । 

शेयर धितो कर्जा जारी गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैङ्कले जारी गरेको छ । एक वर्षको अवधिमा मुक्तिनाथले ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा जारी गरेको तथ्यांकले देखाउँछ ।

उक्त कर्जा अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष मुक्तिनाथले ३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको मात्र उक्त कर्जा जारी गरेको थियो । 

ग्रीन डेभलपमेन्ट बैङ्कले २०१.०८ प्रतिशत शेयर धितो कर्जा विस्तार गरेको छ । एक वर्षमा ग्रिनले २० करोड १० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा विस्तार गरेको छ । 

अघिल्लो वर्ष ग्रिनले यस्तो कर्जा ६ करोड ६० लाख रुपैयाँ बराबरको मात्र गरेको थियो । सिन्धु विकास बैङ्कको ४५.८५ प्रतिशत र लुम्बिनी विकास बैङ्कको ०.१५ प्रतिशत शेयर धितो कर्जा विस्तार घटेको छ ।  

 फाइनान्समा ७ वटाले घटाउँदा ६ वटाले बढाए 

१७ वटा फाइनान्स कम्पनीहरूमध्ये ४ वटा कम्पनीले भने शेयर धितो कर्जा जारी गरेको छैनन् । जारी गरेका १४ फाइनान्समध्ये ७ वटाले अघिल्लो वर्षको तुलनामा धितो कर्जा विस्तार घटाउका छन् भने ६ वटाले भने बढाएका छन् । 

यस्तो कर्जा विस्तार गर्नेमा मञ्जुश्री फाइनान्स पहिलो नम्बरमा परेको छ । यसले एक वर्षको अवधिमा ८० करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा विस्तार गरेको छ । 

जुन अघिल्लो वर्षको तुलनामा ४.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष मञ्जुश्रीले ७७ करोड रुपैयाँको कर्जा विस्तार गरेको थियो । 

सबैभन्दा कम नेपाल शेयर मार्केट एन्ड फाइनान्स लिमिटेडले शेयर धितो कर्जा विस्तार गरेको छ । जसले २ करोड ६० लाख रुपैयाँ बराबरको मात्र एक वर्षमा शेयर धितो कर्जा विस्तार गरेको छ । 

गुहेश्वरी  मर्चेण्ड बैङ्क एन्ड फाइनान्स लिमिटेडले अघिल्लो वर्षको तुलनामा गत वर्ष शेयर धितो कर्जा उल्लेख्य रूपमा विस्तार गरेको छ । गुहेश्वरीले एक वर्षमा यस्तो कर्जा विस्तार ३६७.८९ प्रतिशतले वृद्धि गरेको छ । 

अघिल्लो वर्ष ११ करोड १० लाख रुपैयाँ मात्र शेयर धितो कर्जा विस्तार गरेकोमा गत आवमा भने गुहेश्वरीले ५१ करोड ९० लाख रुपैयाँ बराबरको जारी गरेको छ । 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : २९ बजे

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत