अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम « Khabarhub

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।
 
नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ । 

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा  १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताए। अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उनले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण संकटमा रहेको बताए। 

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिए। 
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : २९ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि