ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर | Khabarhub Khabarhub

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।

सडक च्यानलाइजेसनमार्फत दुर्घटना र जाम न्यूनीकरण गर्ने लक्ष्य, ट्राफिक व्यवस्थापनमा महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीच सहकार्यमा कामपाले उक्त कार्य सुरु गरेको जानकारी दिएको छ ।

कामपा सहरी योजना आयोगका सहायकविज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा नै यी सामग्री खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१–०८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा कामपाको रहेको छ ।

विज्ञ निधिका अनुसार ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ ।

यी कोनहरू तल प्वालरहित र तीनदेखि पाँच केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिको भनाइ छ । ‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा दुई मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी एक हजार २५० सेट खरिद भएका छन्, जसमा कूल २५ सय कोन र एक हजार २५० बार रहेको बताइएको छ ।

उक्त सामग्री मुख्य सडकखण्डमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने बताइएको छ ।

अहिले उक्त सामग्रीहरू सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दाविपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने हुँदा उक्त स्थानमा राखिएको छ । यसले सहजै बायाँतर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकालीतर्फ) लेन प्रयोग गर्नसक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

सडक प्रयोगकर्तादेखि व्यवस्थापन गर्ने निकाय हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य यसको आधार हो । ट्राफिक व्यवस्थापन गर्न ‘डेटा–आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको पनि कामपाको भनाइ छ । (रासस)

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ३८ बजे

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक